गायिका एलिना चौहानको प्रश्न- ‘सस्तो लोकप्रियता र केहि डलर आउने लोभमा कति यातना दिनुहुन्छ ?’

गायिका एलिना चौहानको प्रश्न- ‘सस्तो लोकप्रियता र केहि डलर आउने लोभमा कति यातना दिनुहुन्छ ?’

केन्द्रबिन्दु
0
Shares

गायिका एलिना चौहानले संचारकर्मीहरुले आफ्नो ईच्छा बिना भ्रमपूर्ण समाचार साभार गरेर मानसिक रुपमा पिडा दिएको भन्दै आक्रोश पोखेकी छन् । आफू सार्वजनिक व्यक्तित्व भित्र परेपनि आफ्नो व्यक्तिगत जिवनका कुरा गोप्य राख्न चाहने वा कति सार्वजनिक गर्ने भन्ने अधिकार आफूसँग मात्र रहेको भन्दै आक्रोश पोखेकी हुन्।

प्रसंग हो, प्रेमी विष्णु सापकोटासँग गायिका एलिना चौहानको ब्रेकअप । केहीदिन यता ‘धोकेबाज गायिका’को उपमा पाएकी गायिका एलिना चौहानले वास्तविक जिवनमा पनि धोका पाइन् भन्ने खबर यत्रतत्र छरिपष्ट छ। अष्ट्रेलियामा बस्ने विष्णुसँग प्रेममा रहेकी एलिनाको यही वर्ष विवाह गर्ने तयारी रहेपनि ब्रेकअप भएको भन्दै समाचार बाहिरिएका थिए । त्यसपछि मंगलबार गायिका एलिनाले सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै यसले आफूलाई मानसिक रुपमा पिडा दिएको भन्दै आक्रोश पोखेकी हुन्।

उनले भनेकी छन्, ‘कोहि सामान्य गफ गरेको भरमा मलाई नसोधि मेरो ईच्छा बिना समाचार बनाउँछन्। कोहि मैले देशलाईनै घत पुय्राउने काम गरे जसरी स्रोतको अनुसार भन्दै समाचार बनाउँछन्। मानौं मेरो पिडा जस्ताको त्यस्तै देखाउन खोजेका हुन मानौ मेरो स्थिति दर्शाउन खोजेका हुन । थोरै लाज सरम भन्ने कुरा त हुनुपर्छ एक नाम चलेको मिडिया हाउसहरुसँग। मानवता र संवेदनशिल्ता त राख्नु पर्छ, हैन र ? बिछोड धोका जस्ता शब्दहरु भनेकै पिडा र दुःखको अर्थ अनुभव गराउने शब्दहरु हुन तर आज समाचार यसरी बन्दै छ कि मैले कुनै नोलो कुरा गरे र त्यो कुरा सारा नेपालिले थाहा पाउनु पर्छ र रमाउनुपर्छ।’

संचारकर्मीहरुमाथि खनिएकी गायिका एलिनाले हजुरहरुको खोजी पत्रकारीताले मैले भोगेका दुःख, पिडा, अपमान किन देख्दैन? भन्दै प्रश्नसमेत गरेकी छन्। ‘म कहाँ छु, कुन स्थितिमा छु, के गर्दै छु, कति तयार छु यी सबै कुराको लागी , यो सामान्य कुरा त हजुरहरुले सोचीदिनु भएको भए हुने। मलाई यस्तो कुरा बाहिर ल्याउनु थियो भने म आफै सहि समयमा ल्याउने थिए यसरी हजुरहरुले खोजि पत्रकारीता गरेर समय बर्वाद गर्नु पर्थेन। थाहा छ हजुरको यो पत्रकारीताको धर्मले मलाई कति असर गरेको छ ?अनुमान लगाउन सक्नु हुन्छ यस्ले मेरो मानसपटमा कति हानि पुर्याएकाे छ ?’

उनले भनेकी छिन्, ‘के पाउनुभयो यो समाचार बनाएर वा यसरी बनाएर ? न देशले केहि पायो न केहि गुमायो सिवाय हजुरहरुको सस्तो लोकप्रियता र केहि डलर अनि मलाई गहिरो चोट। आफू यो समाचारको हेडलाईन बन्न तयार नभएको बताएकी गायिका एलिनाले भनेकी छन्, ‘अरु त अरु भए मैले नजिकबाट चिनेका र साथीझै सम्बन्ध भएका संचारकर्मीहरुले पनि मलाई यसरी मानसिक पिडा दिन केहि कसुर छाड्नु भएन । जसरी हुन्छ आफ्नो कन्टेन्ट बिकाउनु छ सबैलाई चाहे त्यसले अरुलाई जतिसुकै पिडा किन नपुर्याओस । म यो समाचारको हेडलाईन बन्न तयार थिईन र यो मेरो ईच्छाविरुद्ध हो, खेद प्रकट छ।’

साथै गायिका एलिनाले कलाकारहरुले हरेक पाईलामा अपमान सहनु परेको कुरा पनि खोलेकी छन्। उनी आफैंलाई पनि हालै पोखराको एक कार्यक्रममा बोलाएर अर्को कार्यक्रममा जबरजस्ति जा भनिएको पनि बताएकी छन्। अर्को कार्यक्रममा कार्यक्रम सकिएपछि स्टेजमै मदिराले टिल्ल भएका स्वयंसेवकले दुर्व्यवहार गरेको कुरा पनि उनले खोलेकी छन्। तर, यस्ता कुरामा संचारकर्मीहरुले कलम चलाई दिँदा सभ्य समाजको निर्माण हुने पनि उनको सुझाव छ।

Skip This
Skip This
Logo