नेपाल प्रहरीको हिरासत कक्षबाट २ जना भारतीय थुनुवा फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका २ भारतीय ताला फोडेर फरार भएका हुन् । भारतीय राज्य पश्चिम बंगालअन्तर्गतको दार्जिलिङ जिल्ला घर भएका २९ वर्षीय गणेश मण्डल र २६ वर्षीय गणेश कामती प्रहरीको हिरासतबाट भागेका हुन् ।
उनीहरुबिरुद्ध चोरी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले फरार भएका दुवै थुनुवाको खोजी जारी रहेको जानकारी दिए ।
यसअघि ललितपुरको भैसेपाटी प्रहरी वृत र सिंहदरवारस्थित जनसेवाबाट थुनुवा फरार भएका थिए ।





























प्रतिक्रिया