काठमाडौं,
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नेपाल रेडक्रस सोसाइटीको साधारण सभा स्थगित गर्न निर्देशन दिँदै चौबिस घण्टे स्पष्टीकरण सोधेको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुजन फागो लिम्बूले साउन २८ गते मंगलबार (आज) हुने भनिएको रेडक्रसको केन्द्रीय वार्षिक साधारण सभा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्न निर्देशन दिँदै पत्राचार गरेका हुन् ।
रेडक्रसको वर्तमान कार्यसमितिको वैधानिकताको विषयमा सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सर्वोच्चको अन्तरिम आदेश उपर सरकारको पुनरावेदन परेको छ ।
सरकारको पुनरावेदन उपरको मुद्दा विचाराधिन रहेको र रेडक्रसका पदाधिकारी एवं कर्मचारीसमेत भ्रष्टाचार तथा अनियमितता गरेको सम्बन्धमा छानबिनसमेत भइरहेको प्रशासनले पठाएको गोप्य पत्रमा उल्लेख छ।
यस अवस्थामा सोसाइटीको साधारण सभा बोलाइएकोले पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ। अर्को आदेश नभएसम्मको लागि साधारण सभा स्थगित गर्न निर्देशन दिइएको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया