काठमाडौं,
‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढेको सिभिल बैंकले सुनसरी जिल्लाको दुहबीमा शाखा सञ्चालनमा ल्याएको जनाएको छ । सो शाखाको उद्घाटन दुहबी नगरपालिकाका नगर प्रमुख वेदनारायण गच्छदारले गरेका थिए ।
उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरू, सिभिल बैंकका क्षेत्र नं १ का क्षेत्रीय प्रबन्धक सन्तोषकुमार बुढाथोकी, सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरू, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।
बैंकले उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा दुहबी नगरपालिकाका नगर प्रमुख वेदनारायण गच्छदारले त्यस क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पुर्याउने जनाएको छ ।































प्रतिक्रिया