काठमाडौं,
पछिल्लो समय काठमाडौंमै हिरासतबाट थुनुवा फरार हुने क्रम बढेपछि प्रहरीहरुलाई उत्तरदायी बनाउन महानगरीय प्रहरी परिसर काठमाडौंले कडा कदम चालेको छ । सिंहदरबार वृत्तबाट थुनुवा फरार प्रकरणमा काठमाडौं परिसरले एसपी अशोक सिंहको नेतृत्वमा एक छानबिन समिति गठन गरी असईसहित तीन प्रहरीलाई निलम्बित गरेको छ ।
निलम्बन हुनेमा थुनुवा फरार भएका बेला ड्युटीमा रहेका ड्युटी अफिसर असई भीमबहादुर थापा, हवलदार बोधबहादुर माझी र चन्द्रबहादुर विक छन् । समितिले उनीहरुमाथि अनुसन्धान थालेको छ । समितिका संयोजक एसपी सिंहले ड्युटीमा रहेका प्रहरी दोषी ठहरिए प्रहरी ऐन अनुसार कारबाही हुने बताए । महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतबाट फरार भएका चार थुनुवामध्ये तीन जना पक्राउ परिसकेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीका अनुसार गत शनिबार फरार भएका चोरी मुद्दाका अनिल थापा, सुब्बा लामा र सुकलाल वाइबा पक्राउ गरेका हुन् । डिएसपी बोगटीले फरार मदन तामाङको खोजी भइरहेको बताए ।
नागरिकबाट





























प्रतिक्रिया