प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले नेपालको अटोमोवाइल क्षेत्रमा देखा परेका समस्याहरु हटाउन सकारात्मक देखिएका छन्। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको नयाँ कार्यसमितिसँगको भेटमा उनले समस्या हटाउन सकारात्मक हुने बताएका हुन्।
सो छलफलमा प्रधानमन्त्रीले विद्युतीय सवारी साधन, चार्जिङ स्टेसन र नेपालमा अटोमोबाइल सम्बन्धी उद्योगहरुको सम्भावनाहरुका सम्बन्धमा विशेष चासो राखेका थिए।
नाडा अध्यक्ष करण चौधरीले अटोमोबाइल व्यवसायलाई पुनः गतिशील बनाउन अटो लोन/हायर पर्चेज कर्जाको जोखिम भारलाई १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम हुनुपर्ने बताए । उनले लोन टु भ्यालु रेसियो ५० प्रतिशतको सीमालाई वृद्धि गरेर ७५ प्रतिशत गर्नुपर्ने, चालु पूँजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुँदाहरुलाई समेत तत्कालै संशोधन गर्नुपर्ने बताए।
भारतीय मालवाहक ट्रकलाई ७२ घण्टासम्म निर्वाध रुपमा नेपालमा प्रवेश दिँदा अटोमोबाइल व्यवसायमा नकारात्मक असर परेको चौधरीको जिकिर थियो। नाडा महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालको अटोमोबाइल उद्योग समस्या र समाधानहरु बारे प्रस्तुति दिएका थिए।
उक्त छलफलमा नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।





























प्रतिक्रिया