साउदी लिगमा जाँदै राकिटिक

साउदी लिगमा जाँदै राकिटिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। क्रोसियाका मिडफिल्डर इभान राकिटिक साउदी प्रो- लिग जाने भएका छन्। स्पेनिस क्लब सेभिया छोडेर राकिटिक साउदी प्रो-लिग क्लब अल शबाबमा जाने भएका हुन्।

राकिटिक लियोनेल मेसीको क्लब इन्टर मियामी जाने चर्चाका बीच अब उनी साउदी लिगमा जाने निश्चित भएको हो।राकिटिकले सेभियालाई साउदी जाने जानकारी दिएको र उनले अल शबाबका लागि सोमबार मेडिकल गर्ने बताइएको छ।

राकिटिकले सेभियामा २०२० देखि खेलिरहेका छन्। उनले अहिलेसम्म सेभियाका लागि १७४ खेल खेल्दै १९ गोल गरेका छन्।यसअघि उनले बार्सिलोनाका लागि २०१४ देखि २०२० सम्म ३१० खेल खेल्दै ३५ गोल गरेका थिए। राकिटिक क्रोसियाको राष्ट्रिय टिममा २००७ देखि २०१९ सम्म १०६ खेल खेल्दै १५ गोल गरेका थिए।

Skip This
Skip This
Logo