बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा अनौठो संयोग जुरेको छ।
आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यतालिका थियो। सोही कार्यतालिका अनुसार मन्त्री पुनले देशमा बिजुलीको अवस्थाबारे सम्बोधन गरिरहेका थिए। तर, संयोगवश बोल्दाबोल्दै संसदको बत्ती निभ्यो।
ऊर्जामन्त्रीले बिजुलीकै विषयमा बोलिरहँदा बत्ती निभ्नुलाई सामान्य संयोग मान्न सकिन्न। त्यसैले पनि होला संसदमा उपस्थित सांसदहरुले यो संयोगको गतिलै फाइदा उठाए।
बत्ती निभ्ने वित्तिक्कै सांसदहरुले टेवल ठोक्दै गललल हाँसे । यो हाँसो ऊर्जामन्त्रीप्रतिको ‘बिल्ला’ पनि थियो । सांसदहरु मात्रै होइन सम्बोधन गरिरहेका ऊर्जामन्त्री पुनले पनि हाँस्दै धन्यबाद दिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले मन्त्रीले बोल्दै गर्दा बत्ती निभ्नुले देशको विद्युत आपूर्ति अवस्था दर्शाउने भन्दै टिप्पणी गरे ।
संसदमा बोल्दै मन्त्री पुनले दुई वर्षभित्र जुम्लामा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युत् सेवा उपलब्ध गराउने बताए ।































प्रतिक्रिया