आईसीसी यू–१९ विश्वकप २०२४ अन्तर्गत ‘सुपर सिक्स’को पहिलो खेलमा नेपाल र बंगलादेशको खेल जारी छ । दक्षिण अफ्रिकाको माङ्गाउङ्ग ओभलमा नेपालले दिएको १७० रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशको चौथो विकेट पतन भएको छ । चारै विकेट नेपालका सुवास भण्डारीले लिएका हुन् ।
चौथो विकेटमा उनले २१औं चौथो बलमा अहरर अमिनलाई १२ रनमा बोल्ड आउट गरेका हुन् । त्यसअघि उनले अशिक्वार रहमान शिविललाई पहिलो विकेटका रुपमा गुलशन झाको हातबाट क्याच आउट गराए । रहमान ३४ बलमा १६ रन बनाएको अवस्थामा पवेलियन फर्किए। त्यस्तै सुवासले नै तेस्रो क्रममा छ्वाधुर रिजवानलाई ११ बलमा १५ रन बनाएको अवस्थामा विपिन रावलबाट आउट गराउन सफल भए।
त्यसपछि सुवासकै बलमा कप्तान देव खनालले बंगलादेशका अर्का ओपनर जिसम आलमलाई आउट गराए । आलमले ४३ बलमा ५५ रनसहितको अर्धशतकीय पारी खेलेका थिए।





























प्रतिक्रिया