बालुवाटारको सुविसु भवनमा भिषण आगलागी (अपडेट)

बालुवाटारको सुविसु भवनमा भिषण आगलागी (अपडेट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको बालुवाटारमा रहेको इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसु कार्यालयमा आगलागी भएको छ । दिउँसो पौने १ बजे आगलागी सुरु भएको हो  ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी फडिन्द्र प्रसाईंले पेट्रोल जम्मा गरेर राखिएको ठाउँमा आगलागी भएकाले ठूलो आगो लागेको जानकारी दिए । अहिले आगो निभाउन काठमाडौँ र ललितपुरका दमकल प्रयोग गरिएको छ । साथै अहिले प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी पनि खटिएका छन् ।

आगलागीको कारण खुल्न सकेको छैन।

Logo