माउन्टेन टीभीका पत्रकार शालिकराम पुडासैनीले गरे आत्महत्या

माउन्टेन टीभीका पत्रकार शालिकराम पुडासैनीले गरे आत्महत्या

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा पत्रकार पुडासैनीले झुण्डिएर आत्महत्या गरेका हुन् ।

सोमबार दिउँसो ३ः३० बजे होटलको २०२ नम्बर कोठामा बास बसेका थिए । उनलाई खाना खान बोलाउने क्रममा ढोका नखोलेपछि राति १० बजे प्रहरीलाई खबर गरिएको थियो।

प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुन्डिएको अवस्थामा मृत फेला परेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका २ घर भएका पत्रकार पुडासैनीले यसअघि न्युज-२४ मा सिधा कुरा जनतासँग कार्यक्रममा काम गरेका थिए ।

उनी हालै मात्र माउन्टेन टीभीमा आबद्ध भएका थिए । उनी मिसन न्युज कार्यक्रम चलाउँथे। के कति कारण आत्महत्या गरेको भन्नेबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

Logo