शिशु चोरी गर्ने दुई महिला जेल चलान

शिशु चोरी गर्ने दुई महिला जेल चलान

केन्द्रबिन्दु
0
Shares

इटहरी,

उपचारकै क्रममा रहेको नवजात शिशु चोरी गर्ने सुनसरी धरानका दुई जना महिला जेल चलान भएका छन् ।

नवराज शिशु चोरीको आरोपमा प्रहरीले धरान वडा नं. १५ की लिला विक र मिना लिम्बु विकलाई पक्राउ गरि अपहरण तथा शरीर बन्धक मुद्धा दर्ता गरेको थियो । जिल्ला अदालत सुनसरीको आदेशमा पुर्पक्षका लागि दुवैलाईं जेल चलान गरिएको हो । आइतबार भएको थुनछेक बहसमा न्यायधीस धुब्रकुमार उप्रेतीको आदेशमा पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिइएको अदालतका प्रवक्ता गोपाल गिरीले जनाए ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसूति विभागबाट असार २६ गते भोक्राहा नरसिंह गाउँपालिका वडा नं. १ की बबिता मेहताको छोरा वार्डबाटै लिला र मिनाले चोरी गरेका थिए । लगतै प्रहरीले मिनाको घरबाट नवजात शिशु फेला पारेको थियो । बबिताले असार १३ गते छोरा जन्माएकी थिइन् ।

नवजात शिशुको आमा राति बिउँझिदा बच्चा हराएपछि तत्काल प्रहरीलाई खबर गरेपछि खोजतलास गर्दा भेटाउन सफल भएको थियो । मिना र लिलाले बिरामीको कुरुवा भएको नाटक गरेर नवजात शिशु चोरी गरेका थिए । लिलाको भारतमा विवाह भएको र केही समयदेखि माइती घरमै बस्दै आएकाले गर्दा भाउजु मिनासँग मिलेर नवजात शिशु चोरी गरेको खुलेको छ ।
नागरिकबाट

Logo