ज्ञानेन्द्रलाई नागार्जुनबाट लखेट्ने प्रचण्डको चेतावनी

ज्ञानेन्द्रलाई नागार्जुनबाट लखेट्ने प्रचण्डको चेतावनी

केन्द्रबिन्दु
0
Shares

रामेछाप,

नेपाल कम्युस्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जूनबाट लखेट्ने चेतावनी दिएका छन् । आइतबार खैरेनी घाटमा बनेको पक्की पुल उद्घाटन गर्दै प्रचण्डले यस्तो चेतावनी दिएका हुन् ।

‘राजा महाराजाहरु फेरि सलवलाउन थालेका छन्’, प्रचण्डले भने, ‘धेरै सक्रियता देखाए पूर्वराजा ज्ञानेन्द्रले नसोचेको परिणाम भोग्नुपर्छ।’ परिवर्तन नचाहनेले देशमा बकवास गर्न थालेको प्रचण्डको आरोप छ । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै प्रचण्डले उनी नसच्चिए नागार्जुन दरबारबाट लखेट्ने चेतावनी दिए ।

‘तीन करोड जनता फेरि सडकमा आउनु परे परिवर्तन विरोधीहरुको हालत नराम्रो हुनेछ’, प्रचण्डले भने । एघार वर्ष अघि निर्माण सुरु भएको रामेछाप–सिन्धुली जोड्ने खैरेनीघाटको उक्त पुल करिब नौ करोड लगानीमा निर्माण सम्पन्न भएको हो।

उनले अहिले केही व्यक्तिले सिस्टम नै फेर्ने दिन आएको बताएको प्रति उनले आपत्ति जनाए । ‘हिजो राजा महाराजाको चाकडी र गुलामी गर्ने केही त्यस्ता दलाल र दासहरु सरकार होइन सिस्टम नै फेर्ने दिन आयो भन्न थालेका छन्’, उनले भने, ‘जम्मा डेढ वर्ष भयो सरकार बनेको, स्थानीय तहको निर्वाचनदेखि गन्दा पनि दुई वर्ष हुँदैछ । दुई वर्ष पुगेकै छैन तर तिनीहरुले सिस्टम बदल्ने कुरा गरेका छन् ।’

उनले फेरि केही मान्छेलाई राजा नै ल्याउने मन भएको भए पनि त्यो सपना कहिल्यै पूरा नहुने प्रष्ट पारे । ‘एकथरी मान्छेले राजालाई ल्याउँछौं भनेको सुन्नु भएको पनि होला’, प्रचण्डले भने, ‘म यो मञ्चमा बसेर देशभरका जनतालाई अपील गर्न चाहान्छु। तिनीहरुले नेपाली जनतालाई रैती र दास बनाउने सपना देखेका छन्, त्यो कहिल्यै पुरा हुुने छैन । त्यसलाई कुनै हालतमा पुरा हुन दिइने छैन ।’
अन्नपूर्णबाट

Skip This
Skip This
Logo