दक्षिण कोरिया स्तब्ध, जितसँगै जोर्डन पहिलो पटक एशियन कपको फाइनलमा

दक्षिण कोरिया स्तब्ध, जितसँगै जोर्डन पहिलो पटक एशियन कपको फाइनलमा

केन्द्रबिन्दु
57
Shares

काठमाडौं। दक्षिण कोरियालाई पराजित गर्दै जोर्डन एशियन कपको फाइनलमा पुगेको छ। मंगलबार सम्पन्न सेमिफाइनल खेलमा जोर्डनले दक्षिण कोरियालाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा जोर्डनले २ गोल गरेर खेल जितेको थियो। जोर्डनको जितमा याजन अल नैमत र मुसा अल तामारीले एक एक गोल गरेका थिए।

जोर्डन पहिलो पटक एशियन कपको फाइनलमा पुगेको हो। योसँगै अब जोर्डनले फाइनलमा इरान र कतारबीचको विजेतासँग उपाधिका लागि खेल्ने छ । इरान र कतारबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुने छ ।

Logo