‘संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक’ : राप्रपा

‘संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक’ : राप्रपा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले गरेको संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ ।

आइतबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको कार्य व्यवस्थापन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले संसद विघटन गरेर असंवैधानिक र अलोकतान्त्रिक काम गरेको निष्कर्ष निकालिएको बताए । उनले भने, ‘जुनसुकै लोकतान्त्रिक व्यवस्थामा पनि संविधानले कार्यकारीको अधिकार माथि विभिन्न बारबन्देजहरु लगाएको छ । त्यो बारबन्देजभित्र रहेर कार्यकारीले काम गर्नु पर्ने हुन्छ । अहिले प्रधानमन्त्रीले ती बारबन्देज सबै तोडनु भएको छ । संविधानले नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गर्ने काम राष्ट्रपतिको सहमतिमा भएको छ त्यो असंवैधानिक हो, अलोकतान्त्रिक हो र प्रतिगामी छ ।’

राप्रपाले सरकारको यो कदमलाई आगामी संघर्षका कार्यक्रममा मुख्य एजेण्डाका रुपमा लिएर जाने पनि बताए । उनले भने, ‘हाम्रो विरोध कार्यक्रमहरु छँदैछन् । त्यसमा पनि मुख्य एजेण्डाका रुपमा लिएर जान्छौं । त्यो प्रतिगामी कदम हो । अलोकतान्त्रिक कदम हो र यसले गर्दा यो संविधानलाई असफल बनाउने दिशामा उहाँहरु हिंडनु भएको छ । देशलाई अराजकतातिर र अशान्तिको बाटोमा लिएर जान खोज्नु भएको छ । त्यसैले एउटा समय आएको छ अब हामी सबै दलहरु बसेर यो संविधानका कमजोरीहरु के के हुन जुन कुरा राप्रपाले विभिन्न समयमा भनिराखेको थियो त्यसको बारेमा पनि छलफल गरेर निचोडमा पुग्नु पर्छ ।’

Skip This
Skip This
Logo