सरकारले लय समात्न नसक्दा जनतामा विश्वास गुम्दै गयाेः गगन थापा

सरकारले लय समात्न नसक्दा जनतामा विश्वास गुम्दै गयाेः गगन थापा

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सरकारले लय समात्न नसकेको बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारले लय समात्न नसकेको र सरकार निकायप्रति जनताको विश्वास गुम्दै गएको बताएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना केही कमजोरी स्वीकारेर नयाँ संकल्प गरे पनि लय भने समात्न नसकेको उनको भनाइ छ। साथै सरकारी निकाय अड्डा अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति जनताको विश्वास गुम्दै गएको पाइएको भन्दै उनले जनतामाझ टुटेको भरोसालाई जागृत गराउन संसद सक्षम हुनुपर्ने बताए।

Skip This
Skip This
Logo