कान र आँखा नभएकाे वर्तमान सरकार जस्तो नालायक इतिहासमा कहिल्यै थिएनः सांसद बास्कोटा

कान र आँखा नभएकाे वर्तमान सरकार जस्तो नालायक इतिहासमा कहिल्यै थिएनः सांसद बास्कोटा

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। नेकपा एमालेका सांसद गोकुल बास्कोटाले वर्तमान सरकार जस्तो गतिहिन र जवाफबिहिनता सरकार इतिहासमा नै नभएको आरोप लगाएका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले काभ्रे जिल्लाको किसानले दुध बेचेको पैसा अहिले सम्म नआएको भन्दै यो भन्दा नालायक गतिहिन र जवाफ बिहिनता सरकार इतिहासमा नै नभएको आरोप लगाएका हुन्।

उनले भने,‘काब्रे जिल्लाको किसानले दुध बेचेको पैसा कहिँले पाउँछन्? सरकालाई प्रश्न सोध्न चाहान्छु। प्रधानमन्त्रीको भनाई के छ। साम्राज्य आइसक्यो यहि हो साम्राज्य ? यो भन्दा नालायक गतिहिन यो भन्दा जवाफ बिहिनता सरकार इतिहासमा थिएन जसको न कान छ। न आँखाछ। कहिले सुन्छ सरकारले?’

Skip This
Skip This
Logo