अनुसन्धान ब्युराेका असईविरुद्ध विप्लवको पक्राउ पुर्जी, इन्काउन्टर गर्ने चेतावनी

अनुसन्धान ब्युराेका असईविरुद्ध विप्लवको पक्राउ पुर्जी, इन्काउन्टर गर्ने चेतावनी

केन्द्रबिन्दु
0
Shares

प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहले नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरोका असई कैलाली बर्दगोरिया–१ का भैरव कुँवरलाई इन्काउन्टर गर्ने चेतावनी दिएको छ ।

प्रहरीले देशभर विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाइरहेको समयमा विप्लव समूहको कैलाली जनअदालतले प्रहरीविरुद्ध नै पक्राउ पुर्जी जारी गरेको हो ।

विप्लव समूहले विज्ञप्ति नै निकालेर कुँवरलाई सुराकी नरोके इन्काउन्टर गर्ने चेतावनी दिँदै २५ दिनभित्र पक्राउ गर्ने जनाएको छ ।

Logo