काठमाडौं,
सिटिजन्स बैंक इन्टरनेसनल र भेनस हस्पिटलबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक तथा कर्मचारीले भेनस हस्पिटलमा उपचार गराउँदा छुट पाउनेछन् ।
सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०७५/०७६ मा ७० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ६२ अर्ब ९० करोड रुपियाँ ऋण प्रवाह गरी २ अर्ब ८१ करोड ६४ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनलले ८१ वटा शाखा, ७६ वटा एटीएम र सय वटा शाखारहित बैंकिङ एकाईबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।





























प्रतिक्रिया