जुम्रा हेर्ने बिषयमा नख्खु जेलमा ढुंगा हानाहान, एक कैदीको मृत्यु

जुम्रा हेर्ने बिषयमा नख्खु जेलमा ढुंगा हानाहान, एक कैदीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

ललितपुरको नख्खुमा रहेको कारागारमा दुई कैदीबीच झगडा हुँदा एकजनाको ज्यान गएको छ।

शुक्रबार दिउँसो बर्दियाका पूर्णबहादुर राजी र सर्लाहीका पवनकुमार महतोबीच झगडा भएको हो। झगडाकै क्रममा महतोले टाउकोमा ढुंगा प्रहार गर्दा राजीको मृत्यु भएको हो।  उनलाई उपचारका लागि वीर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

जेलर वेदप्रकाश अर्यालका अनुसार महतो कर्तव्य ज्यान मुद्दामै जेल सजाय भोगिरहेका व्यक्ति हुन् । उनीहरुबीच जुम्रा हेर्ने क्रममा विवाद उत्पन्न भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

Skip This
Skip This
Logo