काँग्रेसको काठमाडौँ जिल्ला सम्मेलन आज, शीर्ष नेताहरूले सम्बोधन गर्ने

काँग्रेसको काठमाडौँ जिल्ला सम्मेलन आज, शीर्ष नेताहरूले सम्बोधन गर्ने

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ। नेपाली काँग्रेस काठमाडौँको जिल्ला सम्मेलन आज हुँदैछ। सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। राष्ट्रियसभा गृहमा विहान साढे १० बजेबाट हुने कार्यक्रममा काठमाडौँका दशवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिहरू सहभागी हुनेछन्।

सम्मेलनले जिल्लामा संगठनको अवस्था, सुधार गर्नुपर्ने पक्षहरू र पार्टीको भावी रणनीतिका विषयमा छलफल गरी निर्णयहरू गर्ने जिल्ला सभापति कृष्ण बानियाँ (सबुज)ले जानकारी दिए। उनका अनुसार उद्घाटन सत्रपछि आजै बन्द सत्र समेत हुनेछ। सम्मेलनमा महामन्त्री गगन थापा र पूर्वमहामन्त्री प्रकाशमान सिंहसहित काठमाडौँका नेताहरूले सम्बोधन गर्नेछन्।

Skip This
Skip This
Logo