वामपन्थी लेखकहरू एकजुट हुँदै, घिमिरेको नेतृत्वमा १७ सदस्य निर्वाचित

वामपन्थी लेखकहरू एकजुट हुँदै, घिमिरेको नेतृत्वमा १७ सदस्य निर्वाचित

केन्द्रबिन्दु
57
Shares

महोत्तरी। प्रगतिशील लेखक संघ मधेश प्रदेशको अधिवेशनमा वामपन्थी लेखकहरुले बाम धुर्विकरणको सुरुवात गरेका छन्।

वामपन्थी विचारकहरु छिन्नभिन्न भइरहेको अवस्थामा मधेशबाट एकीकृत भएका वामपन्थी लेखकहरुको यो अधिवेशनले कम्युनिष्टहरुलाई जोडन महत्वपूर्ण कोशेढुंगा सावित हुने विश्ववास गरिएको छ।

लेखक संघ मधेश प्रदेशका अध्यक्ष वालमुकुन्द कार्कीको अध्यक्षतामा भएको खुल्लासत्रमा सहभागी बक्ताहरुले परिवर्तनको लागी कम्युनिष्ट धुर्विकरणको बिकल्प नभएको बताए।

कम्युनिष्ट घटकहरुलाई एकैठाउँमा जोडने उद्देश्यले नै प्राज्ञिक प्रगतिशील लेखकहरु एकैठाउँमा जोडिएको बताउँदै केन्द्रीय उपसचिव डा.देवि दुलालले यस्को सुरुवात देशव्यापी भइरहेको जानकारी दिए।

यसैक्रममा उक्त अधिवेशनले विभिन्न पाटीमा सग्लन वामपन्थी विचारकहरुको प्रतिनिधित्व हुनेगरी नारायण घिमिरेको नेतृत्वमा १७ सदस्य निर्वाचित गरेको छ।

समितिको उपाध्यक्षमा धनुषाबाट किरण झा, रुद्रसेन विश्वकर्मा, सचिव भिम कुमार राउत, सहसचिव मिना देवकोटा, कोषाध्यक्ष फुलगेन मगही चयन भएका छन्।

सदस्यहरुमा भैरव प्रसाद गेलाल, चन्द्रमणि पौडेल, मुरलीप्रसाद यादब, मुकुन्द पौडेल, विजय रिजाल, जीवसी उदासी लगायत सबै सदस्य तथा पदाधिकारी सर्वसम्मत नै चयन गरिएको प्रगतिशील लेखक संघले जनाएको छ।

मधेसका ८ वटै जिल्लाबाट दुई दुई जना रहनेगरी समिति गठन भएको छ। नवनिर्वाचित अध्यक्ष घिमिरेले मधेसमा प्रगतिशील लेखक संघको भूमिका शसक्त वन्ने र वाम घटकहरुलाई लेखनको। माध्यमबाट एकै ठाउँमा जोडिन सन्देश प्रवाह गर्ने बताए।

Skip This
Skip This
Logo