‘सेल-पे’ को सेवा शुभारम्भ, अरुको भन्दा फरक विशेषता (भिडियोसहित)

‘सेल-पे’ को सेवा शुभारम्भ, अरुको भन्दा फरक विशेषता (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

डिजिटल भुक्तानीका लागि नेपाली बजारमा सेलपे प्राइभेट लिमेटेडले मंगलबारबाट सेवा शुभारम्भ गरेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले सेल-पेको ‍औपचारिक उद्घाटन गरेका छन्।

डेविड कार्डको रुपमा रहेको सेल-पे सेवाबाट विभिन्न दुरसञ्चार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेट, रेस्टुरेन्ट, सिनेमा हलहरुमा महशुल भुक्तानी गर्न सकिन्छ ।

त्यसैगरी, एक बैङ्क खाताबाट अन्य बैङ्क खातामा रकम स्थानान्तरण गर्न मिल्ने, स्वदेशभित्र गरिने मनि ट्रान्सफर, पीटुपी, पीटुबी, पीटुजी, बीटुपी, बिटुबी, बीटुजीजस्ता वास्तविक समयमा कार्य गर्ने कम्पनीले जनाएको छ । सेलपे सेवा मोबाइल तथा वेव एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने कम्पनीका अध्यक्ष दीपक मह्लोत्राले जानकारी दिए ।

आकर्षक विशेषता

अहिले भइरहेका मोवाइल वालेटमा पैसा जम्मा गर्नुपर्छ । त्यसपछि मात्रै कारोबार हुन्छ । तर, सेलपेमा पैसा जम्मा पनि गर्नुपर्दैन । आफ्नो बैङ्क खातामा रहेको पैसा सेल-पेको माध्यमबाट भुक्तानी गर्न सकिन्छ।  अहिले भएका वालेटमा पैसा राख्दा ग्राहकको पैसाको व्याज आउँदैन । निर्ब्याजी पैसा वालेटमा राख्नुपर्छ ।

यसमा एक पटक केवाईसी फर्म भर्दा सम्पूर्ण बैङ्किङ विवरण उपलब्ध गराएपछि सेवाग्राहीको फोन नम्बर र सेलपेसँग रहेको बैङ्किङ विवरणबाटै सम्पूर्ण कारोबार सम्भव हुन्छ । सेलपे एप प्रयोगकर्ताले आफ्नो जुनसुकै बैङ्क खाता चयन गरेर प्रापकलाई पैसा पठाउन सक्छन् ।

तर, यसमा अन्य ई–पेमेन्टमा जस्तो प्रापक सम्बन्धित ई–पेमेन्ट सेवामा दर्ता हुनुपर्दैन । सेलपेबाट कारोबार गर्नका लागि पठाउने र प्राप्त गर्ने दुवैतर्फ सेल-पेका साझेदार बैङ्कहरुसँगै सेलपेमा पनि दर्ता भएको हुनुपर्छ । बैङ्किङ कारोबारको हकमा पठाउने व्यक्तिले जुनसुकै बैङ्किङ खाता चलाए पनि प्राप्त गर्ने व्यक्तिले एउटा डिफल्ट खाता चयन गर्नु पर्छ ।

सेल पे सेवा कसरी प्राप्त गर्ने ?

सर्वप्रथम गुगल प्ले स्टोर वा एप्पल एप स्टोर वा सेल पेको वेबसाइटमा गई सेल पे एप्स आफ्नो स्मार्टफोनमा डाउनलोड गर्नु पर्नेछ । त्यसपछि एपमा भनिए अनुरुप आफूलाई दर्ता गरी आवश्यक केवाईसी जानकारीहरु भरी आफ्नो बैंक खाताहरुमा जोड्न सकिने र आफ्ना भुक्तानीहरु गर्न सकिने कम्पनीले जनाएको छ ।

Skip This
Skip This
Logo