सामान्य रुपमै सवारी चल्दै, बन्दको प्रभाव शून्य

सामान्य रुपमै सवारी चल्दै, बन्दको प्रभाव शून्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको हल्ला चलेकाले विहान सवारी साधन कम मात्रामा मात्र चलेका भएपनि अहिले सामान्य अवस्था छ । उपत्यका र आसपासका ठाउँमा अहिले सामान्य रुपमै गाडी चलिरहेको भएपनि लामो दूरीका गाडी भने कम मात्रै चलेका छन् ।

काठमाडौं भित्रिने र बाहिरिने गाडी केही कम चलेको तर सडकमा कतै अवरोध नभएको प्रहरीले जनाएको छ । नेकपाले बन्द आह्वान गरेको हल्ला चलेकाले सुरक्षा व्यवस्था कडा पारिएको र निर्वाध रुपमा गाडी चलाउने व्यवस्था मिलाइएको प्रहरीले जानकारी दिएको छ ।

यसअघि गत साउन ४ गते विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो ईन्चार्ज माईला लामा गिरफ्तारीको बिरोधमा आज बाग्मती, नारायणी ब्युरो सहित जनकपुर ब्युरो अन्तर्गतका जिल्लामा बन्दको आह्वान गरेको छ । सरकारले निरन्तर आफ्ना नेता र कार्यकर्तालाई गिरफ्तार गर्ने , झुठा मुद्दामा फ़साउदै जेलमा कोच्ने र मुठभेडको नाममा हत्या गर्ने गरेकोले नेकपा आक्रोशित भएको हो ।

Logo