लामोसाँघु-जिरी सडक : केही सुधार तर समस्या उस्तै

लामोसाँघु-जिरी सडक : केही सुधार तर समस्या उस्तै

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक,

लामोसाँघु जिरी सडक खण्ड सुधार गर्न ठेकेदारहरुलाई सरकारी कार्यालयले पटक पटक ताकेतापछि केही सुधार त भएको छ तर यातयात सञ्चालनमा भने सहजता आउन सकेको छैन । सडक सुधारका लागि तिन दिन बेलुकी ६ देखि बिहान ६ बजे सम्म यातायातका साधन बन्द गरेर सडक मर्मत गरेपनि निरन्तरको वर्षा र हिलोले गर्दा सडकको अवस्था उस्तै छ ।

संघीय राजधानी पूर्वका चार जिल्लाको लाइफ लाइनका रुपमा रहेको यो सडकका कारण विगत पाँच वर्षदेखि हजारौ यात्रीले सास्ती खेप्दै आएका छन् । लामोसाँघु जिरी सडक सुधार आयोजनाले एक साता अघि ठेकेदार कम्पनीलाई सडक सुधार गरेर यातयात आवागमनलाई सहज नबनाए ठेक्का रद्द गर्नै चेतावनी दिएको थियो । सरकारी चेतावनीपछि गत हप्तादेखि नै सडक सुधारका लागि ठेकेदारहरु खटिएपनि बर्षाको कारण समस्या भइरहेको निर्माण व्यवसायीहरुको भनाई छ । ‘पहिलाको भन्दा सडक केही सुधार भएको छ, मेशिनले गाढी ठेल्नु परेको छैन तर अझै सहज भने भएको छैन’, लामोसाँघु जिरी सडक सुधार आयोजनाका प्रमुख धर्मेन्द्र झा ले भने ।

सडक सुधारका लागि अहिले दैनिक १० भन्दा बढी ट्रिपरहरुले गाभ्रेल लगायतका निर्माण सामग्रीहरु ओसारेर सडकमा हालिरहेका छन् । तर चरम हिलोको कारण एक पटक हालेको गाभ्रेल छिनमा नै हराउने गरेको प्रमुख झाले बताए । लामोसाँघु जिरी सडकको सिन्धुपाल्चोक खण्ड अन्र्गत मुख्यगरी १२ देखि १८ किलोसम्म बढी समस्या रहेको छ । ठेकेदारहरुले कमसल बेस हालेका कारण अहिले समस्या देखिएको लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले बताए ।

सडक सुधार गरेर यातयात र यात्रुहरुलाई सहज रुपमा गन्तव्यमा पुर्याउनका लागि दुवै जिल्लाका सरकारी कार्यालय र जनप्रतिनिधिहरु निरन्तर लागिरहेपनि बर्षाको कारण समस्या देखिएको नेपालले बताए । हामी भनेको भनेकै छौ, हेर्दा ठेकेदारहरु पनि काम गरि नै रहेका छन् तर हिउँदमा गर्नुपर्ने काम समयमा नै नगर्दा अहिले समस्या आएको अध्यक्ष नेपालले बताए ।
राजधानीबाट

Logo