उपकुलपति छनोट प्रक्रियाबारे जानकारी लिन संसदीय समितिले बोलायो शिक्षामन्त्री

उपकुलपति छनोट प्रक्रियाबारे जानकारी लिन संसदीय समितिले बोलायो शिक्षामन्त्री

केन्द्रबिन्दु
18
Shares

काठमाडाैँ। उपकुलपति नियुक्ति प्रक्रियालगायतका विषयमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयसंग संसदीय समितिले आज छलफल गर्ने भएको छ।

बौद्धिक चोरीका आरोपित तथा भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन लागेको भन्दै संसदीय समितिले आज शिक्षामन्त्री अशोक राईलाई छलफलका लागि बोलाएको छ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आज (सोमबार) बिहान ११ बजे शिक्षामन्त्री राईलाई छलफलका लािग समितिमा बोलाएको हो। समितिको आइतबारको बैठकमा सांसदहरूले उपकुलपतिमा भ्रष्टाचारको आरोप लागेका र बौद्धिक चोरीमा नाम मुछिएकालाई नियुक्ति गर्न लागेको भन्दै विरोध जनाएका थिए।

त्यसपछि उपकुलपति छनोट प्रक्रियाबारे जानकारी लिन मन्त्रीलाई बोलाउने निर्णय समितिले गरेको हो। त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न ४३ जनाले आवेदन दिएका छन्।

Skip This
Skip This
Logo