बाजुरा,
एक वर्षको अवधिमा बाजुराबाट ६४ जना हराएको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ । महिला र बालबालिका गरि गएको वर्ष साउनदेखि यो वर्षको असारसम्म ६४ जना हराएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
हराउनेमा २६ जना बालक, २० जना बालिका र १९ जना महिला रहेका छन् । जिल्ला प्रहरी कार्यालयमा दिएका खोजी निवेदनका आधारमा ६४ जनाको तथ्यांक देखिएको प्रहरी नायव उपरीक्षक डिएसपी उद्ववसिंह भाटले बताएका छन् ।
आफन्त र नजिककाहरुले दिएका निवेदनका आधारमा ६४ जना भनिएपनि विदेश जाने बाहानामा अरुहरु पनि हराएको हुनसक्ने अनुमान प्रहरीको छ । हराएका मध्ये ३७ जना भने फेला परेको निरीक्षक जनक ढुंगानाले जानकारी दिएका छन् ।
खोजी तथा अनुसन्धानबाट १९ जना बालक, १३ बालिका र ५ जना महिला फेला परेको प्रहरी निरीक्षक ढुंगानाले बताए । साथीको लहलहैमा लागेर र कोही आफन्तबाटै कामदारका रुपमा लिने गर्दा हराउनेमा बालकको संख्या बढी देखिएको छ ।
यसै वर्ष मात्र प्रहरीले ७ जना बेबारिसे अवस्थामा रहेका बालबालिकालाई आफन्तको जिम्मा लगाएको छ । बेबारिसे अवस्थामा भेटिएका ७ जना मध्ये ४ जना बालक र ३ जना बालिका रहेका छन् । ती आफन्तले रिसाएर, आर्थिक विपन्नता र मानसिक सन्तुलन गुमाएको अवस्थामा बेबारिसे अवस्थामा हिडिरहेको बेला प्रहरीले भेट्टाएर सम्बन्धित परिवार वा आफन्तलाई जिम्मा लगाएको छ ।
नागरिकबाट































प्रतिक्रिया