सर्वोच्चको आदेश लत्याउँदै माओवादीले जितेका स्थानिय तहले दिए ‘जनयुद्ध दिवस’ मा बिदा

सर्वोच्चको आदेश लत्याउँदै माओवादीले जितेका स्थानिय तहले दिए ‘जनयुद्ध दिवस’ मा बिदा

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। सर्वोच्च अदालतको आदेश विपरित माओवादी केन्द्रले विजयी हासिल गरेका स्थानिय तहमा ‘जनयुद्ध दिवस’मा बिदा दिइएको छ।

कर्णाली प्रदेशकाे कालिकोट, हुम्ला, सल्यानदेखी बाग्मती प्रदेशका सिन्धुपाल्चोकलगायतका केही स्थानिय तहले फागुन १ गतेको ‘‘जनयुद्ध दिवस’मा बिदा दिएका हुन्।

कालिकोटको पलाता गाउँपालिका, महाबै गाउँपालिका, पचाल झरना गाउँपालिका र रास्कोट नगरपालिका तथा हुम्लाका ताँजाकोट गाउँपालिका र सिमकोट साथै, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र लिसंखु पाखर गाउँपालिका पनि अदालतको आदेश लत्याउँदै फागुन १ गते सार्वजनिक बिदा दिएका छन्।

Logo