१३ लाख नगद चोरीका अभियुक्त पक्राउ

१३ लाख नगद चोरीका अभियुक्त पक्राउ

केन्द्रबिन्दु
0
Shares

विराटनगर,

विराटनगर महानगरपालिकाको एक घरबाट नगद चोरी गरी फरार रहेका मोरङ कटहरी गाउँपालिका बस्ने एक युवालाई प्रहरीले सोमबार पक्राउ गरी सार्वजनिक गरेको छ ।

एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार विराटनगर–१ बस्ने मोतीराज दाहालको घरबाट नगद १३ लाख ५० हजार चोरी गरी फरार रहेको आरोपमा मोरङको कटहरी गाउँपालिका–१ बस्ने २० वर्षीय सुरज कामतलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका कामतको साथबाट नगद तीन लाख ८१ हजार र चोरीको रकमबाट खरिद गरिएको एक लाख पाँच हजार पर्ने एक थान सामसुङ मोबाइलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार खिउँजले बताए । कामतले साउन ७ गते उक्त रकम चोरी फरार रहेका थिए ।
रासस

Skip This
Skip This
Logo