काठमाडौं ।
मन्त्रिपरिषद् बैठकले संसद् विघटनको निर्णय गरेसँगै उच्च सुरक्षा सतर्कता अपनाउन चारै वटा सुरक्षा निकायले मातहतका निकायलाई निर्देशन दिएका छन् ।
सरकारको निर्णयसँगै आउन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरी उच्च सुरक्षा सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिइएको हो ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसद् विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेसँगै यस्तो निर्देशन दिएको हो । यस्तै, नेपाली सेनाले पनि उच्च सुरक्षा सतर्कता अपनाउन सबै पृतनापतिहरूलाई निर्देशन जारी गरेको छ ।
सैनिक मुख्यालयले सबै पृतनापतिलाई सतर्क रहन भनिएको छ । यस्तै गुप्तचर र सशस्त्र प्रहरीले पनि सुरक्षा सतर्कता अपनाउन निर्देशन गरेका छन् ।





























प्रतिक्रिया