टाटा एस ईभी अब २१ लाखमै किन्न पाइने

टाटा एस ईभी अब २१ लाखमै किन्न पाइने

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ। सिप्रदीले नेपाल ल्याएको मिनी ईलेक्ट्रिक ट्रक टाटा एस एकैपटक ८ लाख ५० हजारले सस्तो भएको छ। गत असोजमा नेपाल आएको एस ईभीले अपेक्षाकृत बजार लिन नसकेपछि सिप्रदीले भारी रकम छुट दिएर यसको स्टक सल्टाउन लागेको हो।

५ महिनाअघि लन्च हुँदा एस ईभीको मूल्य २९ लाख ५० हजार रुपैयाँ कायम गरिएको थियो। उक्त मूल्यमा फेस्टिभ डिस्काउन्ट भनेर कम्पनीले २ लाख ५० हजार छुटपछि बिक्री मूल्य २७ लाख तोकेको थियो।

मूल्य महंगो भएको र नेपाली सडकका लागी उपयुक्त नभएको भन्दै ग्राहकले खरिदमा रुची नदेखाएपछि यो मिनी इलेक्ट्रिक ट्रकले बजार लिन सकिरहेको छैन ।

यसअघि २९ लाख ५० हजार रुपैयाँ तोकिएको एस ईभीलाई ग्राहकले अब २० लाख ९९ हजारमै खरिद गर्न पाउनेछन्। सिप्रदी स्रोतका अनुसार छुट सिमित अबधीका लागीमात्र लागु हुनेछ।

एस ईभीमा २१.३ किलोवाट आवरको ब्याट्री र २७ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यसलाई एकपटक फुल चार्ज गर्दा १६० किलोमिटर रेन्ज पाउन सकिने कम्पनी दाबी छ ।

Logo