तेह्रथुममा डिभोर्सका लागि ३० जना पुरुष अदालतमा

तेह्रथुममा डिभोर्सका लागि ३० जना पुरुष अदालतमा

केन्द्रबिन्दु
0
Shares

तेह्रथुम,

तेह्रथुममा ३० जना पुरुषले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन् । पुरुषले पनि श्रीमतीविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न सकिने नयाँ कानुनी व्यवस्थाको प्रयोग गर्दै तेह्रथमका ३० जना पुरुषले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका हुन् ।

भदौ १ गतेदेखि लागू भएका पाँचवटा नयाँ कानुनमध्ये ‘मुलुकी देवानी कार्यविधि (संहिता) ऐन २०७४ मा उल्लेखित व्यवस्थाको प्रयोग गर्दै उनीहरूले मुद्दा दर्ता गराएका हुन् । जिल्ला अदालतको तथ्यांक अनुसार तेह्रथुममा यस आर्थिक वर्षमा परेका ८३ वटा मुद्दामध्ये ३० जना पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता भएको सूचना अधिकारी भेषराज भट्टराईले बताए । उनका अनुसार अधिकांश सम्बन्ध विच्छेदका लागि मुद्दा दिने पुरुषले पत्नीले घर व्यवहार नधानेको, सम्पत्ति हिनामिना गरेको, हिंसा गरेकाले अलग हुन चाहेको उल्लेख गरेका छन् ।

यसका साथै वैदेशिक रोजगारी, अविश्वास र रकम हिनामिनाका कारणले पनि सम्बन्ध विच्छेदको मुद्दा बढेको जिल्ला अदालत तेह्रथुमले जनाएको छ । नयाँ मुलुकी देवानी (संहिता) लागू हुनुपूर्व कमै पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा हालेका थिए । विगत दुई आर्थिक वर्षको तथ्यांक अनुसार जिल्ला अदालतमा यो वर्ष सम्बन्ध विच्छेदका मुद्दा बढेको पाइन्छ । आर्थिक वर्ष २०७५/०७६ मा ८३ वटा मुद्धा दर्ता भएको मध्ये ५८ वटा मुद्धा फर्छ्यौट भएका छन् भने २५ वटा बाकी रहेका जिल्ला अदालतले जनाएको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo