कपिलवस्तु बस दुर्घटना अपडेटः १० जना मृतकको सनाखत

कपिलवस्तु बस दुर्घटना अपडेटः १० जना मृतकको सनाखत

केन्द्रबिन्दु
45
Shares

चन्द्रौटा (कपिलवस्तु)। कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका १० जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना ,कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान, कञ्चनपुरको भिमदत्त नगरपालिका १ का २७ वर्षीय राहुलराम कामी, भीमदत्त –४ का २४ वर्षीय उमेश भण्डारी, भीमदत्त– १६ का सञ्जु थापा, पुनरवास नगरपालिकाका किन भट्ट रहेका छन्।

यसैगरी त्यस्तै भीमदत्त नगरपालिका निवासी खगेश्वरी खाती, भीमदत्त – २ का सुदीप भट्ट र पुनरवास –९ का बिसफाटा विमलादेवी भट्टको पहिचान खुलेको छ ।

महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको सडकबाट दुई सय मिटर तल खसेको थियो ।

कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए।

Skip This
Skip This
Logo