ललिता निवास जग्गा प्रकरणः सुवर्ण शमशेरका परिवारसहित कर्मचारीहरु दोषी ठहर

ललिता निवास जग्गा प्रकरणः सुवर्ण शमशेरका परिवारसहित कर्मचारीहरु दोषी ठहर

केन्द्रबिन्दु
81
Shares

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा सुवर्ण शमशेरका परिवारसहित मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीहरु दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा एक महिनादेखिको निरन्तर सुनुवाइपछि मङ्गलबार सकिएको थियो। आज अदालतले सरकारी जग्गा व्यक्तिको नाममा दाखिल गर्ने कलाधर देउजासहित मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीहरुलाई दोषी ठहर गरेको फैसला सुनाएकाे हाे । साथै सुवर्ण शमशेरका परिवार र सो जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने रामकुमार सुवेदी,शोभाकान्त ढकाललाई पनि दोषी ठहर गरिएको छ ।

Skip This
Skip This
Logo