‘संसद विघटनसँगै जनताले नेकपालाई दिएको मतको वैधता पनि सकियो’ : गगन थापा

‘संसद विघटनसँगै जनताले नेकपालाई दिएको मतको वैधता पनि सकियो’ : गगन थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्रीले गरेको संसद विघटनको सिफारिसप्रति आपत्ति जनाएका छन् ।

उनले संसद विघटनको सिफारिससँगै जनताले नेकपालाई दिएको मतको वैधता समेत सकिएको बताए ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटन गर्न प्रस्ताव गरेको थियो ।

नेता थापाले भनेका छन्, :

संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ । प्रधानमन्त्रीले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ।यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे व्याख्या भए पनि ३ वर्ष अगाडि जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससँगै सकिएको छ।

यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि यसको विरोध गरेका छन् । उनले सरकारको कदम संविधानविपरीत भएको भन्दै यसले मुलुकलाई थप अस्थिरतातर्फ धकेल्ने बताएका हुन् ।

यस अघि कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले पनि यसको विरोध गरेका थिए । उता पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि सरकारले निर्णयको आपत्तिजनक रहेको बताएका थिए ।

Skip This
Skip This
Logo