प्रचण्डको चिना: प्रधानमन्त्री बन्ने सम्भावना, हतियारबाट खतरा (भिडियो सामाग्री)

प्रचण्डको चिना: प्रधानमन्त्री बन्ने सम्भावना, हतियारबाट खतरा (भिडियो सामाग्री)

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ नेपाली राजनीतिका ‘रोल मोडल’ हुन् । हरेक राजनीतिक घटनाक्रममा उनको भूमिका महत्वपूर्ण हुने गरेको छ । गणतन्त्रको आगमनदेखि नेकपाको एकतासम्मको घटनाक्रम नियाल्दा प्रचण्डको भूमिका अहम देखिन्छ।

आज हामी उनै ‘रोल मोडल’ नेता एवम् पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डको चिनाको विश्लेषण गर्दैछौ। हामीले ज्योतिष मनिष सापकोटाको सहयोगमा प्रचण्डको विगत, वर्तमान र भविष्यलाई सार्वजनिक गरेका छौ।

प्रचण्डको जन्म बिस २०११ साल मङ्सिर २६ गते , कास्कीमा भएको हो।  यस अनुसार उनको राशी मिथुन हो भने आद्रा नक्षत्र र नामको अक्षर ‘छ’ बाट शुरु हुन्छ।  उनको बाल्यकालको नाम छविलाल हो ।  यी र यस्तै जानकारीका आधारमा हामीले उनको फलादेश प्रस्तुत गरेका छौं।

फलादेशमा देखिए अनुसार प्रचण्डको अहिलेको समय निकै राम्रो छ।  आगामी मङ्सिरपछि प्रचण्डका लागि निकै सुनौलो अवसर आउने देखिएको छ ।  उनको चिना अनुसार अब कम्तिमा एक पटक नत्र दुइपटक प्रधानमन्त्री बन्ने योग छ।  उनी चिरन्जीवी रहने र स्वास्थ्यले राम्रो साथ दिने देखिन्छ  । तर, बोल्दा बिचार गर्नुपर्ने योग छ भने हात हतियारबाट खतराको संकेत देखिन्छ।

प्रस्तुत छ, प्रचण्डको फलादेश समेटिएको भिडियो सामाग्री। 

 

Skip This
Skip This
Logo