नेदरल्यान्डविरुद्ध नेपाललाई तेस्राे सफलता

नेदरल्यान्डविरुद्ध नेपाललाई तेस्राे सफलता

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ। नेदरल्यान्ड्सविरुद्ध नेपालले तेस्राे सफलता हात पारेको छ। १६ औँ ओभरमा नेपालले तेस्रो विकेट लिन सफल भएको हो।

२३ रन बनाएका साइब्रान्ड एन्जलब्रच्टलाई ललित राजवंशीले शिकार बनाएका हुन्। यसअघि छैटौँ ओभरमा म्याक्स ओ डाउड १० रन बनाएर रन आउट भएका थिए । त्यस्तै तेस्रो बलमा सोमपाल कामीले शून्य रन बनाएका माइकल लेभिटलाई क्याच आउट गराएका थिए ।

आजको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेदरल्यान्ड्सले १५.४ ओभरमा ३ विकेटको क्षतिमा ५६ रन बनाएको छ ।

Skip This
Skip This
Logo