‘उपहार’को ट्रेलर हेरेपछि सांसद सुनिल शर्माले भने- नेपाली चलचित्रको उचाई अझै माथि पुर्याउँछ, शुभकामना !

‘उपहार’को ट्रेलर हेरेपछि सांसद सुनिल शर्माले भने- नेपाली चलचित्रको उचाई अझै माथि पुर्याउँछ, शुभकामना !

केन्द्रबिन्दु
54
Shares

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले रेखा थापाको चलचित्र ‘उपहार’को सफलताको लागि शुभकामना दिएका छन् । उनले शनिबार सामाजिक सञ्जालमार्फत फिल्म ‘उपहार’ लाई शुभकामना दिएका हुन् । गत निर्वाचनमा मोरङ क्षेत्र नं ३ मा उनीहरु प्रतिस्पर्धी थिए । थापा राप्रपाबाट र शर्मा कांग्रेसबाट मैदानमा उत्रिएका थिए । तर, शर्माले बाजी मारे ।

चलचित्र ‘उपहार’ फागुन २५ गते शिवरात्रीको दिन प्रदर्शनमा आउँदैछ । निक्कै कौतुहलता जगाउने ट्रेलर हेरेकाे बताउँदै सांसद शर्माले पक्कै पनि यो चलचित्रबाट रेखा र उनको टिमले नेपाली चलचित्रको हाईट अझै माथि पुर्याउने व्यक्त गरेका छन् । ‘नेपाली सिने जगतकी सुपर स्टार चर्चित अभिनेत्री महिला नेतृ बहिनी रेखा थापा टीमको फागुन २५ गते शिवरात्रीको दिन चलचित्र ‘उपहार’ प्रदर्शनमा आँउदैछ । सोहि अनुरुप फिल्मको टेलर सार्वजनिक भयो, हेरियो । निक्कै कौतुहलता जगाउने टेलर हेरे पछि पक्कै पनि यो फिल्मबाट रेखा र टिमले नेपाली चलचित्रको हाईट अझै माथि पुर्याउने आशा एवम् बिस्वास राखेको छु ।’ उनले भनेका छन्, ‘रेखा म निर्वाचित मोरङ क्षेत्र नम्बर ३ को बिराटचौक निवासी चेली पनि हुन् । उनी नेतृत्वदायी भुमिका निभाउन सक्ने,हक्की निडर र महिला दिदीबहिनीहरुको पिर भावना बुझ्न सक्ने क्षमतावान नारी हुन् । बहिनीलाई मेरो साथ सहयोग र शुभेच्छा सधै रहने छ । सहकार्य रहने छ । बहिनी रेखा तथा सिंगो उपहार टिमलाई बधाई तथा शुभकामना ।’

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्ममा रेखा थापा, मुकुन भुषाल, पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाललगायतले अभिनय गरेका छन् । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता छन् । फिल्मको कार्यकारी निर्माता रेखाका श्रीमान बलराम शाही ठकुरी हुन् ।

फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, प्रमोद ढुंगाना, शंकर अधिकारी ‘घायल’ र मुक्त उदासको गीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व रहेको छ । फिल्मको वितरण रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरिरहेका छन् ।

Skip This
Skip This
Logo