यी हुन्, गण्डकी प्रदेशका ७ सम्भावना (भिडियो रिपोर्ट)

यी हुन्, गण्डकी प्रदेशका ७ सम्भावना (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । धौलागिरी अञ्चलका ४ जिल्ला, गण्डकी अञ्चलका ६ जिल्ला र लुम्बिनी अञ्चलको नवलपुरको भूभाग समेटी कुल ११ जिल्लाको गण्डकी प्रदेश कायम भएको छ । भौगोलिक रुपमा यस प्रदेशले हिमाल, पहाड र तराई गरी तिनै धरातलीय स्वरुपलाई समेटेको छ । त्यस्तै हावापानीको दृष्टिकोणले हेर्दा पनि यस प्रदेशमा नेपालमा पाइने सबै प्रकारको हावापानी पाइन्छ ।

नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किमि मध्ये यसप्रदेशले २१ हजार ७३३ वर्ग किमि अर्थात १४.६६ क्षेत्रफल ओगटेको छ । यो प्रदेश नेपालको करीब मध्य भागमा पर्दछ । देशकैै सबैभन्दा ठूलो महानगरपालिकाको रुपमा रहेको पोखरा उपत्यका समेत यसै प्रदेशमा रहेको छ । यस प्रदेशको सदरमुकाम पनि पोखरा नै हो ।

यस प्रदेशमा पर्ने जिल्लाहरुमा म्याग्दी, मुस्ताङ्ग, पर्वत, बागलुङ्ग, गोरखा, लमजुङ्ग, मनाङ्ग, स्याङ्गजा, कास्की, तनहुँ र नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वको भूभाग नवलपुर रहेका छन् ।

स्थानीय तहहरु मध्ये १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका गरी जम्मा ८५ स्थानीयतहहरु रहेका छन् । त्यस्तै यस प्रदेशबाट प्रतिनिधि सभा सदस्य निर्वाचनकलागि १८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्य निर्वाचनका लागि ३६ निर्वाचन क्षेत्र रहेका छन् ।

प्रदेश सभामा समानुपातिक सहित कूल ६० सदस्य रहन सक्ने संवैधानिक प्रावधान छ । २०६८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ मध्ये यस प्रदेशमा २४ लाख ३ हजार १६ जनसंख्या छ । यस्तो छ गण्डकी प्रदेशको सम्भाव्यता हेर्नुहोस् तलको भिडियो रिपोर्टमाः

Skip This
Skip This
Logo