बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र स्कुल विभागको नेतृत्व कसले गर्ने भन्नेमा विवाद छ । त्यसको लागि दुई नेताको दाबी छ ।त्यसको लागि दुई नेताको दाबी छ । नेकपाको सबैभन्दा शक्तिशाली मानिएको स्कुल विभागमा सचिवालय सदस्यहरु नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले दावी छ ।
उनीहरू कुनै पनि हालतमा आफ्नो अडानबाट पछि नहट्ने मोडमा देखिएका छन् । यसैबीच नेकपा स्थायी सदस्य घनश्याम भुसालले पनि स्कुल विभागमा आफ्नो दाबी रहेको बताएका छन् ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टीको नवौं महाधिवेशनदेखि नै स्कुल विभागमा आफ्नो दावी रहेको बताएका हुन् । त्यतिबेला गुटबन्दीका कारण आफूले जिम्मेवारी नपाएको भुसालको भनाइ छ ।
अहिले स्कुल विभागको विषयमा भइरहेको छलफल सकारात्मक रहेको भन्दै उनले राम्रो निर्णय हुने वा नहुने अहिले नै भन्न नसकिने बताए । आफूले जिम्मेवारी नपाउँदा स्कूल विभाग नै बिग्रन्छ भन्ने मान्यता नरहे पनि यसका बारेमा छलफल भए राम्रो हुने भुसालको भनाइ छ ।





























प्रतिक्रिया