भक्तपुर,
भक्तपुरबाट नक्कली ब्लुबुक र चोरीको मोटरसाइकल सहित ६ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा नगरपालिका–५ का १९ वर्षीय बालकृष्ण विश्वकर्मा, काभ्रेको तिमाल गाउँपालिका–५ का १९ वर्षीय राकेश लामा, सोही ठाउँका २१ बर्षिय फुर्साङ लामा र तिमाल–९ का २४ वर्षीय दावा लामा रहेका छन् ।
यसैगरी पक्राउ पर्नेमा ललितपुर टिकाथली बस्ने १९ बर्षिय दीपक थापा मगर र सिन्धुपाल्चोक घर भई टिकाथली बस्दै आएका २१ बर्षिय कुमार नेपाल समेत रहेका छन् । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी बृत्त थिमीका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोईरालाले बताउनुभयो ।
प्रहरीले उनीहरुको साथबाट नम्बर प्लेट परीवर्तन गरी बा ९९ प ४१०८ न.को नम्बर प्लेट राखिएको मोटरसाइकल, बा ९९ प ४१०८ न. उल्लेख भएको ईन्जिन नं. नभएको ब्लुबुक र बा ७ प ५४७१ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।
त्यसैगरी लोकन्थलीबाट मोबाईल चोरी गर्ने गिरोहका ३ जनालाई प्रहरी वृत्त थिमी टोलीले पक्राउ गरेको छ । रामेछाप मन्थली नगरपालिका १ बस्ने बर्ष २२ को अमित कार्की सोही स्थानका वर्ष २० को लक्ष्मण थापा र सर्लाही हरिवन नगरपालिका वडा नं. ८ बस्ने बर्ष २८ को राजु परियार रहेका छन् ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया