आरती साहको परिवारलाई न्याय दिने प्रधानमन्त्रीको आश्वासन

आरती साहको परिवारलाई न्याय दिने प्रधानमन्त्रीको आश्वासन

केन्द्रबिन्दु
30
Shares

काठमाडाैँ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आरती साहको परिवारलाई न्यायका लागि पहल गर्ने आश्वासन दिएका छन्। बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आरतीका परिवारसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले उनका परिवारले न्यायका लागि गरिरहेको संघर्षबारे आफू जानकार रहेको बताएका हुन्।

आरती साहको हत्या भएको र हत्यामा उनका सासु, ससुरा, श्रीमान् र देवरको संलग्नता रहेको भन्दै चारै जनालाई पक्राउ गरेर अनुसन्धान थाल्नुपर्ने उनका परिवारको माग छ।

प्रहरीले भने उनका श्रीमानलाई मात्रै पक्राउ गरेको छ। साहको परिवार ९ महिनादेखि काठमाडौंमा आन्दोलनरत छ। आरती साह जेठ ७ गते श्रीमानको घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

Logo