योजना आयोगका उपाध्यक्ष श्रेष्ठ बैंकक प्रस्थान

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ बैंकक प्रस्थान

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल थाइल्याण्डको बैंकक प्रस्थान गरेको छ।

एशिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली बैंकक प्रस्थान गरेको हो।

उपाध्यक्ष श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा आयोगका सदस्य डा. रामकुमार फुयाल, सचिव डा. तोय नारायण ज्ञवाली, सहसचिव महेश भट्टराईलगायतको टोली रहेको छ।

बैंकका स्थित संयुक्त राष्ट्र संघको सम्मेलन केन्द्रमा मंगलबारदेखि शुक्रबारसम्म (फ्रेवुअरी २० देखि २३सम्म) चल्ने कार्यक्रममा दीर्घकालिन सोचका लक्ष्यहरु १, २, १३, १६ र १७ को समीक्षा समेत हुँदैछ।

Skip This
Skip This
Logo