जिल्ला अदालतको फैसलाविरूद्ध उच्चमा पुनरावेदन गर्दै सन्दीप लामिछाने

जिल्ला अदालतको फैसलाविरूद्ध उच्चमा पुनरावेदन गर्दै सन्दीप लामिछाने

केन्द्रबिन्दु
87
Shares

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाविरूद्ध उच्च अदालत पाटनमा पुनरावेदन गर्ने भएका छन्। फैसला पुनरावलोकनका लागि भोलि उच्चमा निवेदन दिने उनको कानूनी टीमले तयारी गरेको छ।

सन्दीप अहिले अस्पतालमा छन्। उनको शरीरका रहेको लाइपोमाको शल्यक्रिया भइरहेको छ। हिजो उनकाे शरीरका सातवटा गिर्खा निकालिएको थियो भने आज थप ४ वटा निकालिएको छ।

जिल्ला अदालतले सन्दीपलाई दोषि ठहर्याउँदै ८ वर्षको जेल सजाय सुनाएको थियो। उक्त फैसला त्रुटिपूर्ण रहेको भनेर जनमानसमा आलोचना भइहँदा सन्दीपले कानूनी चुनौति दिन लागेका हुन् । उनले आफू निर्दोष रहेको जिकिर गर्दै आएका छन्।

Logo