यामाहा आरएक्स नयाँ इन्जिनमा लन्च गर्ने तयारी

यामाहा आरएक्स नयाँ इन्जिनमा लन्च गर्ने तयारी

केन्द्रबिन्दु
87
Shares

काठमाडाैँ। यामाहाले चाँडै नै आफ्नो सबैभन्दा लोकप्रिय बाइक आरएक्स१०० बाइक नयाँ इन्जिन सहित पुन भारतीय बजारमा लन्च गर्ने तयारी गरिरहेको छ ।

कम्पनीले मार्च १९९६ मा यसको उत्पादन बन्द गरेको थियो । तर अब यो बाइक भारतीय बजारमा पुनरागमन गर्ने तयारीमा छ ।भारतमा यामाहा आरएक्स१०० पहिलो पटक सन् १९८५ मा लन्च गरिएको थियो ।

डिजाइन र लुक्सको बारेमा कुरा गर्दा नयाँ बाइक आरएक्स१०० मा आधारित हुने सम्भावना रहेको हुनाले नयाँ मोडलमा पुरानो मोडलका केही झलक देखिनेछ । बाइकको मूल्य १ लाख २५ हजार र १ लाख ५० हजार भारु बीच हुने दाबी पनि गरिएको छ ।

सो बाइक लन्च हुँदा यसको लोकप्रियता निकै चुलिएको थियो र यसको माग पनि बढी थियो । सेकेन्ड ह्याण्ड बजारमा पनि यसको लोकप्रियता थियो । यामाहा आरएक्स१०० कम्पनीले बनाएको उत्कृष्ट बाइक मध्ये एक मानिन्छ ।

रिपोर्टका अनुसार नयाँ बाइक आरएक्स नेमप्लेटसँग प्रस्तुत हुनेछ, तर यसको नाम आरएक्स१०० भन्दा फरक हुने सम्भावना छ। सो बाइकमा २२५.९ सीसी इन्जिन समावेश हुनेछ, जसले २०.१ बीएचपीको पावर र १९.९३ एनएमको टर्क जेनेरेट गर्नेछ ।

Logo