भारतीय दुतावासमा भोज खान जानेमा कोमल वलीदेखि नविना लामासम्म

भारतीय दुतावासमा भोज खान जानेमा कोमल वलीदेखि नविना लामासम्म

केन्द्रबिन्दु
0
Shares

नेपालस्थित भारतीय राजदुतावासले महिला सांसदहरुलाई रात्रीभोजको आयोजना गरेका छन् ।

राजदुत मञ्जीवसिंह पुरीको निम्तोमा नेपालका महिला सांसदहरु राजदूतावासको भोजमा सरिक भएका हुन्।

नेकपाबाट राष्ट्रिय सभामा सांसद बनेकी कोमल वली, प्रतिनिधिसभाकी सांसद नबिना लामा, गंगा चौधरी, काङ्ग्रेस कोषाध्यक्ष एवम् सांसद सीतादेवी यादव, सचेतक पुष्पा भुषाल, चित्रलेखा यादव, मिना पाण्डे, राजपाकी सांसद चन्दा चौधरी लगायत महिला सांसद उक्त रात्री भोजमा पुगेका थिए ।

राजदुतले रात्री भोजमा सहभागी महिला सांसदहरुसँगको सामुहिक फोटो सार्वजनिक गर्दै नेपाली महिला सांसदहरुसँग महिला शसक्तिकरणका विषयमा छलफल भएको उल्लेख गरेका छन् ।

निर्वाचित जनप्रतिनिधिहरु यसरी कुटनीतिक नियोगको निम्तोमा मर्यादा विर्सेर जानु गलत भएको भन्दै टिप्प्णी भईरहेको छ ।

Skip This
Skip This
Logo