सिभिल बैंकलाई आईएसओ मान्यता

सिभिल बैंकलाई आईएसओ मान्यता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सिभिल बैंक अब आईएसओ प्रमाणित बैंक बन्न सफल भएको छ । सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारास्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमकाबीच आईएसओ प्रमाणितको प्रमाणपत्रको आधिकारिक संस्था युआरसका नेपाल प्रतिनिधि प्रकाश पौडेलले सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई प्रदान गर्नुभयो ।

सो प्रमाणपत्र कुनै पनि संस्थाले आफ्नो सेवा र सुविधालाई ग्राहक केन्द्रित बनाउन परिस्कृत गर्दै अनवरत रुपमा अन्तरास्ट्रियस्तरको सेवा तथा सुबिधाहरु प्रदान गर्दा पाइने गुणस्तरको प्रमाणीकरण हो । त्यस संस्थाले नियमनकारी निकायहरुद्वारा जारी गरिएको सबै नियम तथा कानुनहरुको पालना गरिएको प्रमाणीकरण पनि हो ।

Skip This
Skip This
Logo