काठमाडौं,
रामायणकालीन धार्मिक तथा सांस्कृतिक महत्व बोकेको जनकपुरधाम विश्वसम्पदाको सूचीमा सूचीकृत हुने विषयले चर्चा पाएको छ । चर्चासँगै सूचीमा पर्ला या नपार्ला भन्ने विषय राष्ट्रिय महत्वको मुद्दा बनेको छ । विश्वसम्पदा सूचीमा सूचीकृत नेपालका अन्य सम्पदाहरू सूचीबाटै हट्ने सम्मको चर्चा चलिरहेको सन्दर्भमा जनकपुरलाई विश्व सम्पदामा सूचीकृत गर्ने प्रयासले भने निरन्तरता पाएको छ ।
यसका लागि विश्वसम्पदा स्थलको सम्भाव्य सूचीमा रहेका जनकपुरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न क्षेत्र निर्धारण, दायित्व र एकीकृत व्यवस्थापन संरचनाको स्पष्टताको खाँचो महसुस गरिएको छ । यस क्षेत्रमा अद्वितीय सांस्कृतिक परम्परा जीवन्त रूपमा विद्यमान रहेकाले सांस्कृतिक विश्वसम्पदामा सूचीकृत गराउन प्रक्रियागत रूपमा क्षेत्रको कानुनी जिम्मेवारी र सरोकारवालाको दायित्वबारे स्पष्टताको खाँचो देखिएको हो ।
राज्यले नेपालका १५ वटा सम्पदालाई सम्भाव्य सूचीमा समावेश गरी युनेस्कोमा पठाइसकेका मध्ये जनकपुर पनि एक हो । राज्यले आगामी वर्षमा विश्व सम्पदा सूचीमा मनोनयन गर्न चाहेका सर्वश्रेष्ठ विश्वव्यापी महत्व भएका सांस्कृतिक सम्पदाको नाम सम्भाव्य सूचीमा समावेश गर्ने अवधारणा अनुरुप जनकपुर क्षेत्रको रामजानकी मन्दिरलाई सम्भाव्य सूचीमा समावेश गरेको हो । पुरातत्व विभागका अनुसार हालसम्म विश्वका १६३ देशका एक हजार ३१ स्थल विश्वसम्पदा सूचीमा सूचीकृत छन् ।
तीमध्ये नेपालका चारवटा रहेका छन् । युनेस्कोले सन १९७९ मा दुई सांस्कृतिक (काठमाडौं उपत्यकाका सात र लुम्बिनी) र दुई प्राकृतिक सम्पदा (सन् १९७९ मा सगरमाथा राष्ट्रिय निकुञ्ज र सन १९८४ मा चितवन राष्ट्रिय निकुञ्ज) लाई विश्वसम्पदा सूचीमा सूचीकृत गरेको छ ।
राजधानीबाट































प्रतिक्रिया