काठमाडौं,
यतिबेला बजारमा हरियो तरकारीको मूल्य ह्वात्तै बढेको छ । विगतको भन्दा ६० रुपैयाँको दरले तरकारीको मूल्य बढिरहेको छ । औसत भन्दा खुद्राको भाउ झनै बढेको छ । कालिमाटी तरकारी बजारमा पसेको बाढी, भारतीय तरकारी आउन कमी, विषादी चेकजाँच जस्ता विषयले तरकारीको बजार भाउ उकासिएको हो ।
बजारमा अहिले गोलभेडा, भिण्डी, तितेकरेला, परवर, काक्रो, घिरौला, भटमास, कागती, रायोको साग, अदुवा, चम्सुरको साग, न्यूरो लगायतका थुप्रै तरकारीहरुको मूल्यमा साविकको भन्दा तीन गुणासम्म बृद्धि भएको छ ।
प्राय बर्षातको समयमा तरकारीको भाउ ह्वात्तै बढ्ने गरेको छ । सामान्य भन्दा धेरै पानी पर्नाले तरकारी ढुवानी गर्न कठिनाई भएका कारण भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । अहिले नेपालमा आयात हुने हरिया तरकारीहरु आन्तरिक स्रोतबाटै आउने गरेको छ ।
त्यसमा पनि मनसुनले आएको पहिरो र बाढीका कारण बाटो भत्कँदा र जिर्ण अवस्था हुँदा तरकारी आयात गर्न नसकेको उनी बताउँछन् । गएको १० दिनको भिन्नतालाई हेर्दा असार २६ गते गोलभेडाको मूल्य प्रतिकेजी ६८ रुपैयाँ थियो भने ३४ रुपैयाँले बढेर हाल श्रावण पहिलो हप्ता औसत मूल्य ९२ रुपैयाँ छ । तर बाहिर बजारमा ग्राहकहरुले लगभग प्रतिकेजी १४० देखि १५० रुपैयाँसम्म मूल्य तिर्ने गरेका छन् । यस्तै भिण्डीको मूल्य ५८ रुपैयाँ थियो भने अहिले ११५ रुपैयाँ छ । यसमा विगतको भन्दा झण्डै ६० रुपैयाँको अन्तरले मूल्य बढेको छ ।
नागरिकबाट































प्रतिक्रिया