मछिन्द्रले जित्यो बागमती गोल्डकपको उपाधी

मछिन्द्रले जित्यो बागमती गोल्डकपको उपाधी

केन्द्रबिन्दु
27
Shares

काठमाडाैँ। छैठौं संकरणको बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधी मछिन्द्र फुटबल क्लबले जितेको छ। पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा बिहिबार सम्पन्न फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ४–० गोलले हराउँदै मछिन्द्रले उपाधी जितेको हो।

मछिन्द्रको जीतमा विदेशी खेलाडी क्रिष्टोफर चिजोवाले दुई र करिमले एक गोल गरे। खेलको १४ औं मिनेटमा करिमले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए। यस्तै चिजोवाले खेलको दोस्रो हाफको १२ औं मिनेटमा र १८ औं मिनेटमा गोल गरे। मछिन्द्रले एक गोल भने आत्मघाती उपहार पाएको हो।

खेलको दोस्रो हाफको १७ औं मिनेटमा विदेशी खेलाडी स्टेफेन समीरको प्रहार एपीएफका डिफेन्डर कुलदीप कार्कीले आत्मघाती गोल गर्न पुगे। उपाधी हात पारेको मछिन्द्रले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता टिमले ५ लाख रुपैयाँमा चित्त बुझाए।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका उत्सव राई घोषित भए। उनले १ लाख १ हजार रुपैयाँ प्राप्त गरे। यस्तै उत्कृष्ट गोलरक्षक मछिन्द्रका प्रदीप भण्डारी, डिफेन्डर एपीएफका कुलदीप कार्की, मिडफिल्डर विशाल तामाङ, फरवार्ड मछिन्द्रका हिसुव थपलिया र प्रशिक्षक मछिन्द्रका सन्तोष न्यौपाने घोषित भए।

विधागत उत्कृष्ट सबैले २५–२५ हजार रुपैयाँ प्राप्त गरेका छन्। प्रतियोगिताको अवसरमा आयोजकले समृद्ध समाज राष्ट्रिय दैनिकका सञ्चारकर्मी रविन्द्र वाईबालाई उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।

Skip This
Skip This
Logo